तपाइँ जब कुनै जागिरका लागि आवेदन गर्दै हुनुहुन्छ भने सबैभन्दा पहिले आफ्नो शैक्षिक योग्यता, कार्य अनुभव तथा क्षमताको बारेमा रोजगारदातालाई कसरी सबै जानकारी गराउने भन्ने विषयमा ध्यान दिनुहुन्छ । यदि रोजगारदाताले यी सबै जानकारी सँगै तपाइँको तस्वीर समेत माग्यो भने आफ्नो सबैभन्दा राम्रो तस्वीर खोजी खोजी वा नयाँ खिचाएर भएपनि आवेदनसँगै संलग्न गरी पेश गर्नुहुन्छ । तर अमेरिकाका एक जना व्यक्ति भने यो भन्दा फरक मात्र होइन पूरै उल्टो तथा अचम्मको सोँचाइका रहेछन् ।
अमेरिकाको डलास सहरमा बस्ने एक युवकले टेक्सास वर्कफोर्स सोल्युसनमा आफ्नो जागिरका लागि आवेदन पेश गर्न आवेदन फाराम सँगै आफ्नो लिंगको तस्वीर समेत पेश गरेपछि त्यसले ठूलै हंगामा मच्चायो ।
ती व्यक्तिले उक्त रोजगारदाता कम्पनीको इमेल ठेगानामा इमेल मार्फत पठाएको आवेदनको साथमा आफ्नो लिंगको तस्वीर समेत अट्याच गरी पठाएका थिए । उक्त इमेल कम्पनीकी एक महिला कर्मचारीले खोलेर हेर्दा तिनछक परे ।
तत् पश्चात् कम्पनीले तत्कालै प्रहरीलाई खबर गर्यो । प्रहरीले जागिरका लागि निवेदनसँगै लिंगको तस्वीर पठाउने ती पुरुषलाई पक्रिन सफल भएको छ । उनीमाथि अश्लीलता प्रदर्शनको अभियोग दर्ता गरिएको छ ।
डलास प्रहरी कार्यालयका प्रवक्ताका अनुसार ती युवक बेरोजगार थिए र लामो समयसम्मको बेरोजगारीका कारण उनमा वितृष्णा भएर सायद त्यसो गरेका हुनसक्छन् । उक्त मानिसको नाम भने खुलाइएको छैन ।